चाँगुनारायणको बजेट साढे ५९ करोड

भक्तपुर न्यूज

३ भदौ २०७४ २:२२

चाँगुनारायणको बजेट साढे ५९ करोड

भक्तपुर,  । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को लागि ५९ करोड २९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । नगरपरिषद सकिएको एक महिना पछि चाँगुनारायण नगरपालिकाले बिहीबार आयोजना गरेको एक समारोहकाबीच यस्तो बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा नगरपालिकाको सडक, खानेपानी, पर्यटन पुर्वाधार, खेलकुद, कृषि एंव नगरको क्षमता विकासमा जोड दिएको नगर प्रमुख सोम प्रसाद मिश्रले बताए ।  नगपालिकाले निशुल्क स्वास्थ्य उपचारको लागि नगर क्षेत्र भित्र १५ शैयाको अस्पताल निर्माणको लागि निजि तथा संस्थागत साझेदारी गरिने भएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकाको वडा नम्व ४ र १ को सिमानामा निर्माणका लागि प्रस्तावित एक हजार शैयाको बीर अस्पतालको निर्मांण कार्यको कार्यन्वयन गर्न पहल गरिने जनाएको छ ।

चाँगुनारायण नगरपालिका भित्रको ईटा भट्टाहरुलाई प्रदुषण मुक्त बनाउन उद्योगीहरुलाई प्रोत्साहन गरिने तथा जग्गा प्लटिङ्गको लागि अधिकार प्राप्त निकायहरुमा दर्ता भई मापदण्ड पुरा गरेका व्यवसायी सस्था तथा व्यक्तिहरुलाई मात्र प्लटिङ्गको स्वीकृत दिने नीति लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *