त्रिविमा १३ अर्ब आठ करोड बेरुजु

भक्तपुर न्यूज

२ भदौ २०७४ ३:१६

त्रिविमा  १३ अर्ब आठ करोड बेरुजु

काठमाडौं, २ भदौ । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ। त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३(७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो। त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फस्र्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३,७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो।

रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए। त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो। आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *