चक्रपथमा ट्रक, टिपर र मिनी ट्रक चलाउन रोक

भक्तपुर न्यूज

३० साउन २०७४ ४:०२

चक्रपथमा ट्रक, टिपर र मिनी ट्रक चलाउन रोक

काठमाडौं, ३१  साउन । आउँदो भदौ १ गतेदेखि उपत्यकाको चक्रपथ र चक्रपथ भित्र ट्रक, टिपर र मिनी ट्रक चल्न नपाउने भएका छन् । विहान ८ बजेदेखि बेलुका सात बजेसम्म यति सवारी ासधन यस क्षेत्रमा चलाउन नपाईने भएको हो । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा आइतबार बसेको सयुक्त बैठकले उक्त समयमा मालबाहक साधन चल्न नदिने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनरायण भट्टराईले जानकारी दिएका छन् ।

उपत्यकाको सवारी व्यवस्थापनको लागि मालबाहक साधनलाई निश्चित समय तालिकाभित्र मात्र चल्न पाउने गरी व्यवस्था गर्न लागिएको उनले बताए । यो व्यवस्था अत्यावश्यकिय वस्तु तथा पदार्थ ओसारपसार गर्ने पेट्रोल, डिजेल, दुध र पानीका ट्यांकरमा भने लागू नहुने भएको छ । उपत्यकाभित्र प्रवेश गर्ने त्यस्ता मालबाहक साधनले चक्रपथ बाहिर नै पार्किङ गर्नुपर्ने र त्यस्तो पार्किङ क्षेत्र पनि निर्धारण गरिएको भट्टराईले बताए । यसका लागी नाकाअनुसार पार्किङको व्यवस्था गरिएको छ ।

नागढुंगाबाट प्रवेश गर्ने मालबाहक सवारीले नौबिसे, नुवाकोटबाट आउनेले झोर र मुडे, बीपी राजमार्गहुँदै आउनेले बनेपा र गोदावारीबाट आउनेले धापाखेलमा पार्किङ गर्नुपर्ने छ । त्यसरी रोकिएका साधनले बेलुका सात बजेदेखि बिहान आठ बजेसम्म मात्र चक्रपथ र त्यसभित्रको क्षेत्रमा चल्न पाउने छन् भएका छन् । उपत्यकामा सवारी चाप बढेको र सडक क्षमता कम देखिएका कारण यातायात व्यवस्थापनका लागी पनि यस्तो निर्णय गर्नु परेको बताईएको छ ।

यसरी चक्रपथ बाहिर नै यी सवारी राखेको अबस्थामा उपत्यका अर्थात चक्रपथभित्रका सडकमा अन्य सवारी सञ्चालनमा सहज हुने भएको छ । सरकारले केही समयअघि उपत्यकाबाट साना सवारी साधन विस्थापन गर्ने कदमपनि अघि बढाएको थियो । तर यो कदम अहिले प्रभावकारी हुन सकेको छैन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *