मुलुकभर भारी वर्षा : ३३ जनाको मृत्यु दर्जनौं डुबानमा, उद्धारमा ८ हजार ३ सय सुरक्षाकर्मी परिचालित

भक्तपुर न्यूज

२९ साउन २०७४ ३:०६

मुलुकभर भारी वर्षा : ३३ जनाको मृत्यु दर्जनौं डुबानमा, उद्धारमा ८ हजार ३ सय सुरक्षाकर्मी परिचालित

काठमाडौं, २९ साउन । विगत केहि दिनदेखि परिरहेको अविरल वर्षका कारण देशभर ३३ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । विभिन्न १५ भन्दा बढि जिल्लाहरु प्रभावित भएको जनाउँदै ति क्षेत्रहरुमा करिब ८ हजार ३ सय तालिम प्राप्त सुरक्षाकर्मीहरु उद्दारका लागि खटिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्षमणपूर बाँध र कोसी व्यारेजका थप ढोकाहरु खुलाउन समेत अनुरोध गरिएको उल्लेख छ । यता विपत व्यवस्थापन कार्यको लागि गृहमन्त्रीको नेतृत्वमा केन्द्रिय कमाण्ड पोष्ट समेत खडा गरीएको जनाएको छ ।

मन्त्रालयद्धारा खोज, उद्धार, र राहत कार्यक्रमा सहयोग पुर्याउन सबै नेपाली नागरिकसँग आग्रह समेत राखेको छ । पिडामा रहेका व्यक्ति तथा परिवारहरुलार्य दैनिक आवश्यक पर्ने खाद्यान्न लुगाफाटो लगायत सामाग्री उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *