संयोजक भट्टराई डिस्चार्ज
भक्तपुर, २५ साउन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी बुधवार डिस्चार्ज भएका छन् । उनी गएको शुक्रवार उपचारका लागि नागरिक अस्पतालमा भर्ना भएका थिए । डिस्चार्जपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले आफ्नो शल्यक्रिया सफल भएको बताए ।
नेपालमै आफूले उपचार गरी विदेशीने रकमको सदुपयोग गरेको उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले स्वदेशमा सम्भव हुने सबै उपचार सबैले स्वदेशमा नै गर्नुपर्ने बताए । उनको उपचारमा संलग्न प्रा. डा. राकेशकुमार बर्माले उनलाई शल्यक्रिया अघि शुक्रवार यूरोलोजिष्ट, कार्डियोलोजिष्ट फिजिशियन र एनेस्थेटिष्ट क्लिय्रेन्स पछि प्रोष्ट्रेटको शल्यक्रिया गरेको बताए ।
डा. भट्टराईले उपचारमा संलग्न सबै डक्टर र नर्शहरुलाई धन्यवाद प्रदान गर्दै उपचारमा खर्च भएको सबै रकम आफूले व्यक्तिगतरुपमा नै व्यहोरेको बताए । कार्यक्रममा भट्टराईको उपचारका क्रममा ८५ हजार रुपियाँ खर्च भएको नागरिक कम्यूनिटि टिचिङ्ग अस्पिटल लिका अध्यक्ष पुष्पमान अमात्यले जानकारी दिए ।