भूकम्पदेखि अझै सचेत छैनन भक्तपुरबासी

भक्तपुर न्यूज

२५ साउन २०७४ ४:४५

भूकम्पदेखि अझै सचेत छैनन भक्तपुरबासी

भक्तपुर, २५ साउन । भूकम्पले सातो लिँदा पनि घर तथा भवन बनाउन सर्वसाधारण अझै सचेत नभएको प्राविधिकहरुले बताएका छन् । उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिको निजी घर तथा भवनको पुनर्निर्माणको अवस्था अझ डरलाग्दो र विकराल रहेको बताए । भक्तपुरका प्राविधिकहरुले भूकम्प भोगेका सर्वसाधारण सचेत नहुँदा गुणस्तरहीन तथा भूकम्पीय दृष्टिले असुरक्षित घर तथा भवनको बढोत्तरी भएको बताएका छन् ।

भूकम्पपछि भइरहेको पुनर्निर्माणको अध्ययन गर्दा हाल भइरहेको पुनर्निर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मकताको अवस्था पहिला भन्दा पनि दयनीय भएको देखिएको छ ।  भूकम्पपछि पुनर्निर्माणको नाउँमा माटो हिलोमाथि नै ढलान घर ठडिने क्रम बढ्दो रहेको छ । निर्माण कार्य चाँडै सकाउने नाउँमा घरधनीले आफ्नो जिन्दगीभरको कमाई र परिवार बस्ने घरको गुणस्तर माटोमै मिलाउँदै आएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा अत्यधिक प्राविधिक त्रुटिहरु ले प्रसय पाएको इञ्जिनियर सृजना प्रजापतिले बताईन् । कम्पपछिको पुनर्निर्माणमा घरको जगदेखि नै त्रुटि हुँदै आएको उनको भनाइ छ । नगरपालिकाले नक्सापासअनुसार घर तथा भवन नबनाएका नगरवासीलाई कारबाही नगर्दा पनि असुरक्षित एवं गुणस्तरहीन घर तथा भवन बनिरहेको बताईएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *