भक्तपुरमा प्रहरीको ‘स्टिङ अप्रेसन’

भक्तपुर न्यूज

२३ साउन २०७४ ८:०२

भक्तपुरमा प्रहरीको ‘स्टिङ अप्रेसन’

भक्तपुर । सार्वजनिक सवारी साधनमा अबदेखि प्रहरीले स्टिङ अप्रेसन गर्ने भएको छ। सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न प्रहरीले यस्तो अप्रेसन गर्ने भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीको टोली अब सादा पोसाकमा खटिने प्रहरीले बताएको छ।

पछिल्ला दिनमा सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि बढेको भन्दै उजुरी परेपछि प्रहरीले कारबाहीका निम्ति नयाँ प्रविधि प्रयोग गर्ने निर्णय गरेको हो । महिलामाथि दुव्र्यवहार भएको भेटिए प्रहरी टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछ। प्रहरीले ‘सेफ्टी पिन अप्रेसन’ नाम दिएको यो अभियान उपत्यकामा शुरु भएको छ ।

प्रहरीले सबै सार्वजनिक सवारी साधनमा प्रहरीको टोली राख्न सम्भव नभएकाले अति ब्यस्त हुने बसपार्क र मुख्य सडक लगायत क्षेत्रमा प्रहरीको टोली खटाउने भएको छ । टोलीले दुर्व्यवहार भएको पाईए दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणाले बताईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *