भरतपुरका जनताले अहिले पनि ज्ञवालीलाई जिताउँछन् : रावल
चितवन, १९ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् ।
प्रेस चौतारी चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।
फरक प्रसंगमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो बन्ने दाबी गर्दै तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००