राजपाको केन्द्रीय कार्यालय उद्घाटन
काठमाडौं, १८ साउन । तराई–मधेसकेन्द्रीत पार्टीहरुको एकताबाट बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालयको उद्घाटन गरिएको छ ।
आज बबरमहलस्थित केन्द्रीय कार्यालयमा राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले झण्डोत्तलन गर्नुका साथै संयुक्तरूपमा रिबन काटेर भवनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि शुरु भएको छ । पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेश हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्ष मण्डलका नेता अनिल झाले बताए । बैठक तीन दिनसम्म चल्ने राजपाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००