सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने

भक्तपुर न्यूज

१७ साउन २०७४ ४:५८

सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने

एजेन्सी, १७ साउन । सन् २०२८ को ओलम्पिक खेल अमेरिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गएराति एक प्रेस विज्ञप्तिबाट सन् २०२८ को ओलम्पिक अमेरिकामा गर्ने जनाएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको खेल अर्गनाइज कमिटिको बैठकले सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलस (एलए) शहरमा आयोजना गर्ने निर्णय गरेको हो । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजना गर्न र तयारीको लागि त्यहाँको ओलम्पिक कमिटीलाई १.८ विलियन युएस डलर सहयोग दिने समेत निर्णय गरेको छ ।
सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका थिए ।
तर अहिले आएर लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाएको छ । गएको जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले पेरिस र लस एन्जलसले एकपछि अर्को ओलम्पिक खेल आयोजना गर्ने निर्णय गरेको थियो । तर कुन वर्षको ओलम्पिक कहाँ हुने स्पष्ट पारेको थिएन ।
यस्तै, सन् २०२० को ओलम्पिक जापानको टोकियोमा र सन् २०२४ को ओलम्पिक खेल फ्रान्सको पेरिसमा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *