प्रेम गीत २ र रुद्र आजबाट प्रदर्शनमा
काठमाडौं, १३ साउन । आज दुई नेपाली फिल्म रिलिज भएका छन् । फिल्म ‘प्रेम गीत २’ र ‘रुद्र’ नेपाली हलमा आजबाट प्रर्दशनमा आएका हुन् ।
फिल्म ‘प्रेम गीत’ को सफतापछि निर्माता सन्तोष सेनको ‘प्रेम गीत २’ आज रिलिज भएको तथा अभिनेता निखिल उप्रेती प्रोडक्शनको फिल्म ‘रुद्र’ पनि प्रर्दशनमा आएको हो ।
आशुसेन फिल्मसको ब्यानरमा बनेको फिल्म फिल्म ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
त्यस्तै, फिल्म’ रुद्र’ निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । ‘रुद्र’ मा निखिल उप्रेती, सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको मुख्य अभिनय छ ।
यसैगरि शुक्रबार नेपाली हलमा हिन्दी फिल्म ‘मुबारका’ पनि प्रर्दशनमा आएको छ । अंग्रेजी फिल्म ‘भलेरियन एण्ड द सीटी अफ अ थाउजेन्ट प्लानेट’ पनि नेपाली मल्टीप्लेक्सहरुमा प्रर्दशनमा आएको छ ।