फुटबल टोली १० दिने क्याम्पका लागि जापान जाने

भक्तपुर न्यूज

१२ साउन २०७४ ११:३४

फुटबल टोली १० दिने क्याम्पका लागि जापान जाने

काठमाडौं, १२ साउन । नेपाली राष्ट्रिय फुटबल टोली १० दिने बिशेष क्याम्पका लागि जापान जाने भएको छ ।
आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीको पहलमा जापानी दूतावासको आयोजनामा टोली जापान पठाउन लागिएको पनि सिइओ तुलाधरले जानकारी दिए ।
१० दिने जापान भ्रमणका लागि नेपाली टोली साउन २६ गते त्यसतर्फ लाग्नेछ भने जापानका युनिभर्सिटी र क्लवका टोलीहरुसँग नेपाली टोलीले बढीमा पाँच खेल खेल्नेछ । त्यस्तै प्रशिक्षण क्याम्पका साथै जापानी ब्यवसायिक प्रशिक्षहरुबाट प्रशिक्षणको व्यवस्था पनि हुने सिइओ तुलाधरले बताए ।
नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोटमा व्यस्त छ । यसअघि फिलिपिन्स र यमनसँग खेलेको नेपालले आगामी खेल ताजिकिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *