सार्वजनिक पोखरीमा व्यक्तिको हालीमुहाली, मध्यपुरबासीद्धारा आन्दोलनको चेतावनी

भक्तपुर न्यूज

११ साउन २०७४ १३:२७

सार्वजनिक पोखरीमा व्यक्तिको हालीमुहाली, मध्यपुरबासीद्धारा आन्दोलनको चेतावनी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पोखरीको रुपमा रहेको कमलपोखरी सार्वजनिक पोखरीका रुपमा रहनुपर्ने स्थानीयबासिन्दाले माग गरेका छन् । सार्वजनिक पोखरीका रुपमा रहेको कमलपोखरीलाई पछिल्लो समय राजनीतिक पहुँचका आधारमा एक व्यत्तिःको नाममा देखाईएको कारण स्थानीयले यसको विरोध गर्दै पोखरी व्यक्तिका नाममा हुन नहुने बताएका छन् ।

यदि यो पोखरीलाएई एक व्यक्तिका नाममा गराईएको सत्य ठहर भए मध्यपुरबासीले कडा आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । मध्यपुरथिमी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख सबै वडाका वडाध्यक्ष, सबै राजनैतिक दलका नेताकार्यकर्ताहरु लगाएतका स्थानियबासिन्दाको उपस्थितीमा मंगलबार गरिएको एक कार्यक्रममा स्थानीयले यस्तो चेतावनी सहितको माग राखेका हुन् । तत्कालिन बोडे गाउँपञ्चायत वडा नं. ६ कित्ता नं १को १५ रोपनी ९ आना क्षेत्रफल भएको सार्वजनिक पोखरी २०४२ सालमा व्यक्तिको नाममादर्ता भई बिक्रीवितरण गरेको खुलेपछि स्थानीय आक्रोशित भएका हुन् ।

भूमाफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर बिक्री गरेको स्थानीयबासिन्दा रमेश थापाश्रेष्ठले बताए । यो पोखरी सरकारकै नाममाफिर्ता आउनु पर्ने उनको भनाई छ ।  २०४२ सालअसार ३१ गते कमलपोखरी कान्छी पोडेनीको नाममादर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडांै ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममापास भएको अधिवक्ता गजेन्द्र तिमिलाले जानकारी दिएका छन् ।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङ्गको नाममापास गरी हाल ग्ल्याल्पोले अन्य व्यक्तिको नाममा जग्गापास गरेर बिक्री गरेको खुलासा भएको छ ।  स्थानीयबासिन्दाले कमलपोखरी बिक्रीवितरण रोकेर सार्वजनिक नै गरिनु पर्ने माग गरेका छन् । यो पोखरी यसरी वयःित्तका नाममा दर्ता भएको खबर पाउप्छि यसअघि अदालतमा मुद्दा समेत दायर भएको र स्थानीय आन्दोलनमा समेत उत्रिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *