‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, ६ साउन । चलचित्र ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत आज युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् ।
अल्मोडा राना उप्रेती र सुजाता बर्माको आवाज रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । प्रिन्स र दीपकराज गिरीका शब्दमा अल्मोडा राना उप्रेती र प्रिन्सले संगीत भरेका छन् ।
गत वर्ष कीर्तिमान कायम गर्ने सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ असोज ११ गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ । यस सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौड्याल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १५:३६
सुक्खा पहिरोले दाउन्नेमा यातायात सेवा अवरुद्ध
९ वैशाख २०८२ १६:३३