२२ बर्षपछि भक्तपुरमा मिस्टर भ्याली २०७४ हुँदै
भक्तपुर, ६ साउन । भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघबाट आगामी भदौ ३० र ३१ गते कमलविनायकमा उपत्यका व्यापी मिस्टर भ्याली २०७४ शारिरिक सुगठन प्रतियोगीता तथा प्रथम मिस्टर फिट्नेस फिजिक्स आयोजना हुने भएको छ । २२ बर्षपछि हुन लागेको मिस्टर भ्यालीमा उपत्यका भित्रका सबै क्लबका प्रतियोगीहरु सहभागि हुने भएका छन् ।
दुईदिनसम्म चल्ने उक्त प्रतियोगीतामा पहिलोदिन प्रिजजिङ तथा दोस्रो दिन भदौ ३१ मा फाइनल प्रतियोगीता हुने भएको संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए । यो प्रतियोगीतामा ७ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगीतामा ओभरल प्रथम हुने खेलाडीलाई ५० हजारबढीको रकमबाट पुरस्कृत गरिनेछ । विगतमा अर्थाथ २०५१ सालमा भएको प्रतियोगीतामा भक्तपुरका राजु दिवाकरले उपाधी जितेका थिए । २०५२ सालमा भने ललितपुरका सागर ताम्राकारले उपाधी हासिल गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३