२२ बर्षपछि भक्तपुरमा मिस्टर भ्याली २०७४ हुँदै

भक्तपुर न्यूज

६ साउन २०७४ ६:२६

२२ बर्षपछि भक्तपुरमा मिस्टर भ्याली २०७४ हुँदै

भक्तपुर, ६ साउन । भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघबाट आगामी भदौ ३० र ३१ गते कमलविनायकमा उपत्यका व्यापी मिस्टर भ्याली २०७४ शारिरिक सुगठन प्रतियोगीता तथा प्रथम मिस्टर फिट्नेस फिजिक्स आयोजना हुने भएको छ ।  २२ बर्षपछि हुन लागेको मिस्टर भ्यालीमा उपत्यका भित्रका सबै क्लबका प्रतियोगीहरु सहभागि हुने भएका छन् ।

दुईदिनसम्म चल्ने उक्त प्रतियोगीतामा पहिलोदिन प्रिजजिङ तथा दोस्रो दिन भदौ ३१ मा फाइनल प्रतियोगीता हुने भएको संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।  यो प्रतियोगीतामा ७ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगीतामा ओभरल प्रथम हुने खेलाडीलाई ५० हजारबढीको रकमबाट पुरस्कृत गरिनेछ । विगतमा अर्थाथ २०५१ सालमा भएको प्रतियोगीतामा भक्तपुरका राजु दिवाकरले उपाधी जितेका थिए । २०५२ सालमा भने ललितपुरका सागर ताम्राकारले उपाधी हासिल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *