म्यान्चेस्टर सिटीका गोलकिपर हार्ट लोनमा वेष्टहृयाम गए

भक्तपुर न्यूज

४ साउन २०७४ ५:०६

म्यान्चेस्टर सिटीका गोलकिपर हार्ट लोनमा वेष्टहृयाम गए

एजेन्सी, ४ साउन । इङ्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोय हार्ट लोनमा अर्को प्रिमियर टोली वेस्ट ह्याम युनाइटेडमा आबद्ध भएका छन् । वेस्ट ह्यामले हार्ट एक सिजनका लागि क्लबमा आबद्ध भएको हिजो घोषणा गरेको हो ।
‘मेरो खेल जीवनका लागि यो महत्वपूर्ण अवसर हो’ इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७१ खेल खेलिसकेका ३० बर्षे गोलकिपरले वेस्ट ह्यामको वेभसाइटलाई भनेका छन्,‘फेरी यहाँ आएर खेल्न पाउनु साच्चै सुखद पक्ष हो ।’
प्रिमियर लिगका दुई उपाधि जितेका हार्टले प्रिमियर लिगमा २ सय ६६ खेल खेलेका छन् । यो समरमा सिटीबा वेस्ट ह्याम पुग्ने हार्ट दोस्रो खेलाडी हुन् । यसअघि पाब्लो जाबालेटा पनि वेस्ट ह्याम पुगेका थिए ।
वेस्ट ह्यामको प्रि सिजन यात्रा सोमबारबाट सुरु भएको थियो । सोमबार टोलीले अस्ट्रियामा स्ट्रोम ग्राजसँग गोलरहित बराबरी खेलेको थियो । वेस्ट ह्यामले बिहीबार अर्को प्रिमियर लिग टोली फुल ह्यामको सामना गर्नेछ । अगस्ट १३ मा म्यानचेस्टर युनाइटेडसँग खेल्दै वेस्ट ह्यामले यसपटकको प्रिमियर लिग यात्रा सुरु गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *