सुनचाँदीको मूल्य बढ्यो

भक्तपुर न्यूज

३ साउन २०७४ ८:१२

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, ३ श्रावण । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेको छ । हिजो ७ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय २५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *