सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, ३ श्रावण । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेको छ । हिजो ७ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय २५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
