काठमाडौं यातायातमा तालाबन्दी, भक्तपुरमा नाराबाजी

भक्तपुर न्यूज

३ साउन २०७४ ७:१२

काठमाडौं यातायातमा तालाबन्दी, भक्तपुरमा नाराबाजी

भक्तपुर, ३ साउन । चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै भक्तपुर र काठमाडौंका यातायात कार्यालयमा सेवाग्राहीहरु प्रदर्शनमा उत्रिएका छन् ।  सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् भने भक्तपुरको जगातीस्थित कार्यालयमा प्रर्दशन गरेका छन् । जसका कारण काठमाडौंमा यातायातका कार्मचारीहरुभित्रै थुनिएका छन् ।

सर्बर बिग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्रहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । केहीबेर एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्बर बिगिएको कारण देखाउँदै लाईसेन्स वितरणमा रोक लगाईएको एक सेवाग्राहीले बताए ।

सर्बर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको बताईएको छ । मंगलबार पनि सर्बरमा समस्या आएको कार्यालयले जनाएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् भने जगाती कार्यालयमा पुगेका सेवाग्राहीले सडकमा नाराबाजी तथा प्रदर्शन गरेका थिए ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *