भक्तपुर अस्पतालको बेहाल, सिडिओलाई बहसमा पारी दादागीरी मच्चाउँदै अध्यक्ष

भक्तपुर न्यूज

२ साउन २०७४ ७:२३

भक्तपुर अस्पतालको बेहाल, सिडिओलाई बहसमा पारी दादागीरी मच्चाउँदै अध्यक्ष

भक्तपुर । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काको मनोमानीतन्त्रका कारण पछिल्लो समय अस्पताल व्यवस्थापन र प्रशासन अस्तव्यस्त हुँदै गैरहेको छ । अस्पतालमा अध्यक्ष खड्काकै मनोमानीतन्त्रका कारण चर्को राजनीति मौलाएसँगै अस्पताल अस्तव्यस्त हुँदै गएको अस्पतालकै कर्मचारी बताउँछन् । अध्यक्ष खड्का अस्पतालको सुधारमा नभएर अस्पतालमा राजनीति पहुँचकै कारण अस्पताललाई भर्ति केन्द्रका रुपमा अघि बढाउने काममा सक्रिय भैरहेको पाईएको छ ।

अस्पतालमा अहिले आबश्यकता अनुसारका कमृचारी छैेन् तर अध्यक्ष खड्काले आफनो फेबरको कर्मचारी राख्ने भन्दै अस्पतालमा समस्या उत्पन्न गराईरहेका छन अस्पतालका एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा भने ‘अस्पतालमा उपकरणको अभाव रहदा पनि अध्यक्षलाई उपकरण खरिदमा चासो छैन् ।’ उनी थप्छन ‘अध्यक्ष खड्कालाई आफना मान्छेलाई कसरी भर्ति गर्न सकिन्छ भन्ने भन्दा अरु कुनैपनि कुराको मतलब छैन् ।’

अस्पतालमा कर्मचारी अभावका कारण २ करोडका उपकरण त्यसै थन्किएका छन् यीनको प्रयोगमा समेत अध्यक्ष खड्काको ध्यान जान सकेको छैन । गएको माघदेखि नेपाली काँग्रेसको आर्शिवादले अध्यक्ष भएका खड्काले पदबहालीदेखि अहिलेसम्म विभिन्न बाहनामा अस्पतालका कर्मचारीलाई धम्की दिदैं आउनुका साथै काँग्रेस निकट कर्मचारी तथा चिकित्सक राख्न् दबाब दिने गरेको खुलेको छ । यतिसम्मकी उनले भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत आफनो बहसमा पारी अस्पतालका कर्मचारीलाई फोनमा कर्मचारी राख्ने कुरामा सहमति जनाउँन दबाब दिन लगाएको समेत खुलासा भएको छ ।

अस्पतालमा अहिले पनि मेडिकल अफिसर लगायतका पदमा दरबन्दी अनुसारका चिकित्सक छैनन यसले अस्पतालको सेवा प्रभावमा समस्या भैरहेको छ तर अध्यक्ष खड्का काँग्रेस नेताहरुको सर्पोटमा काम गर्ने होईन काँग्रेसको गुणगान गाउँने र झोला बोक्ने जनशक्तिको खोजीमा भौतारिरहेको अस्पताल निकट स्रोत बताउँछ ।

भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालय लगायतका माथिल्ला निकायले समेत अध्ययनमा डाक्टर पठाउने गरेको पाईएको छ । अहिले पनि भक्तपुर अस्प्तालमा ३ जना व्यक्ति अध्ययनका लागि भक्तपुर अस्प्तिाल पठाईएको छ तर दरबन्दी अनुसारका चिकित्सक पठाउन कसैले चासो देखाएका छैनन् । पछिल्लो समय अस्पताल व्यवस्थापन समितिका अध्यक्षको दादागीरीका कारण अस्पताल काँग्रेस कार्यकर्ता भर्ति केन्द्र बन्ने देखिएको छ भने माथिल्ला निकायको आदेशमा अध्ययन गर्ने थलोका रुपमा अस्पताल अघि बढेको छ । यसले यहाँको सेवा प्रवाहमा समस्या भैरहेको छ ।

अस्पतालमा दरबन्दी अनुसारका अन्य चिकित्सकको अभाव भैरहेको बेला अध्यक्ष खड्काकै दादागीरी र मनोमानीमा आबश्यकता भन्दाबढी गाईनोलोजिस्ट अस्पतालमा राखिएको पाईएको छ । ४ जना गाईनोलोजिष्टको दरबन्दी रहेको अस्पतालमा अध्यक्षले राजनीतिक दबाब र पहुँचकै आधारमा ५ जना राखेको अस्पतालकै कर्मचारी बताउँछन् । अस्पतालमा आबश्यकता अनुसार सुरक्षागार्ड समेत छैनन्, नसिंङ समेत छैनन् तर अध्यक्ष खड्काको यसतर्फ ध्यान जान सकेको छैन् ।

अध्यक्ष खड्काले आफना फेबरका अर्थात काँग्रेस निकट कर्मचारी राख्न अस्प्तालका प्रमुख लगायतका कर्मचारीलाई प्रत्येक दिन दबाब दिदैं आउनुका साथै अध्यक्ष खड्काले आफुले भने अनुसार अटेर गरे अस्पताल प्रमुख लगायतका केही कर्मचारीको सरुवा समेत गरिदिने धम्की समेत दिने गरेको बताईएको छ ।

अस्प्ताललाई उन्नतीतिर नभई दुगतिमा लैजान सक्रिय भूमिका खेलिरहेका अध्यक्ष खड्कालाई अझै पनि नेपाली काँग्रेसका जिल्लातहका नेताहरुले संरक्षण दिई अस्पतालको अहितमा लाग्न प्रेरित गरिरहेको काँग्रेस निकटकै एक नेता बताउँछन् ।  यस बिषयमा बुझन खोज्दा अध्यक्ष खड्कासँग सम्पर्क हुन सकेन् भने काँग्रेस एक नेताले यस बारेमा बुझेर अध्यक्षलाई सम्झाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *