भक्तपुर नगरको १ अर्बबढी बजेट पारित

भक्तपुर न्यूज

३१ असार २०७४ १२:१०

भक्तपुर नगरको १ अर्बबढी बजेट पारित

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ का लागि कुल एक अर्ब ५ करोड ५५ लाख रुपैया बजेत पारित गरेको छ । नगरपालिकामा आज शनिबार भएको समापन समारोहमा बोल्दै प्रमुख सुनिल प्रजापतिले तीन दिन सम्म चलेको नगर परिषदले आगामी आर्थिक बर्षको बजेत र ३६ बुँदे निति तथा कार्यक्रमहरु पारित भएको बताए ।

नगग प्रमुख प्रजापतिले भक्तपुरमा २५ शैयाको सुविधा सम्पन्न ख्वप अस्पतालको भवन निर्माण, हनुमन्ते खोला एवं घाट सुधारको योजना, नगर क्षेत्र सुधार एवं आर्दशवाट नगरप्रवेश गर्ने पुल निमार्ण, खानेपानी व्यवस्थापन , नगरपालिकाले संचालन गर्दै आएको देको मिवा इटापाका आवास योजना को निरन्तरता एव भेलुखेलस्थित डम्पिङ साइट सुधारका योजानाको लागि बजेत विनियोजन गरेको जनाएको छ ।
त्यसतै वडास्तरीय विकास निर्माणका लागि प्रत्येक वडा कार्यालयलाइ ५० लाख  रुपैयाँ विनियोजन तथा नगर क्षेत्रमा रहेका पर्ती जग्गा संरक्षण कार्यलाई जोड दिइएको जनाएको छ ।त्यसतै अशक्तहरुलाई जनप्रति निधिहरु ऋाफै घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने , अनलाईन नक्सा पासको व्यवस्था, तथा परम्परागत शैलीको घर निर्माण गर्ने घरधनीहरुलाई नगरपालिले आर्थिक सहयोग दिने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *