यात्रु बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

भक्तपुर न्यूज

३१ असार २०७४ ११:०२

यात्रु बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

धादिङ, ३१ असार । पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा शनिबार यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किँएर दुर्घटना भएको हो। दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग तीन घण्टापछि एकतर्फी खुलेको छ। लोड ट्रक भएका कारण साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको थियो। दुबै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *