भक्तपुर नगरद्धारा १ अर्ब बढीको अनुमानित बजेट सार्वजनिक
भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६ करोड ६६ लाखको अनुमानित आय ब्यय वजेट सार्वजनिक गरेको छ । उक्त वजेटमा आम्दानी तर्फ नेपाल सरकारबाट शःशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि र पशुको १९ करोड ठड लाख ९५ हजार बजेट रहेको छ । अनुदान वित्तिय समानीकरणको १७ करोड ८९ लाख ढछ हजार, सामाजिक सुरक्षा वृद्धभत्ता ११ करोड ८ लाख अन्य निकाय तर्फ ६० लाख अनुमानीत बजेट विनियोजन गरेको भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।
यस्तै नगरपालिकाको आफनै स्रोत तर्फ पर्यटन सेवा शुल्कबाट २५ करोड, आवास योजनाको जग्गा विक्रीबाट १० करोड, घर जग्गा कर १ करोड ७० लाख, व्यवसाय कर १ करोड, दण्ड जरिवाना २६ लाख ५० हजार, मनोरन्जन कर छ लाख, मालपोत संकलन बाट २२ लाख, पर्तिजग्गा तथा पसल बहालबाट ६० लाख, सवारी साधन कर १६ लाख ५० हजार, सेवा शुल्क २५ लाख सिफारिश तथा नक्सा पास र सिफारिस दस्तुर २ करोड १९ लाख ३ हजार आम्दानी हुने नगरपालिकाले अनुमान गरेको छ ।
यसैगरी खर्च तर्फ प्रशासनिक कर्मचारीहरुको लागि छ करोड ८० लाख, पोशाक संचित विदाको लागि १ करोड १७ लाख, पर्यटन कर्मचारी तर्फ ३ करोड, सफाई कर्मचारी तर्फ छ करोड १५ लाख, सफाई इन्धनको ४४ लाख, सफाई सामान र मर्मत ७० लाख कर्मचारी कल्याण कोष ४ करोड ,पदाधिकारी पारिश्रमिक ७४ लाख ४० हजार, वैठक र समिति भत्ता ५० लाख, दैनिक भ्रमणा भत्ता १० लाख, कर्मचारी तालिम ७ लाख, खानेपानी, बिद्युत, दुरसंचार ४६ लाख, कार्यालय संचालन २० लाख ,सवारी इन्धन १७ लाख, परामर्श तथा कानूनी सल्लाकार र लेखा परिक्षक समेत ८ लाख छट, हजार, सामाजिक सुरक्षा भत्ता ११ करोड ८ लाख गरी जम्मा चालु तर्फ जम्मा ४४ करोड २७ लाख ५७ हजार र पूजीगत तर्फ पनि यतिकै मात्रामा बजेट विनियोजन गरिएको छ । भक्तपुर नगरपालिकाको प्रथम नगरसभा हिजोबाट सुरु भएको छ । प्रथम नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका हुन् ।