एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हरायो
एजेन्सी, २३ फागुन । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको हो ।
एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले दुई तथा केविन गामेइरोले एक गोल गरे । १० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको एथ्लेटिकोका लागि ४८ औं मिनेटमा गामेइरोले अर्को गोल गरे । ८३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको मड्रिड ३–० ले विजयी भयो ।
जितपछि एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । उसको २६ खेलबाट ४९ अंक भएको छ । एथ्लेटिको शीर्ष स्थानको बार्सिलोना भन्दा ११ तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा १० अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०