इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी पराजित
एजेन्सी, १९ माघ । इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी फेरि पराजित भएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी बर्नलीसँग १–० ले पराजित भएको हो ।
बर्नलीको जितमा ८७ औं मिनेटमा साम वोक्सले गरेको गोल निर्णायक बन्यो । लेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा अहिलेसम्म खेलेको खेलमा जित निकाल्न सकेको छैन् । लिगमा लेस्टर सिटीको यो लगातार तेस्रो हार हो । हारपछि २३ खेलबाट २१ अंकसहित लेस्टर सिटी १६ औं स्थानमा पुगेको छ । २९ अंकसहित बर्नली नवौं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई २–० तथा स्वान्सी सिटीले साउथह्यामप्टनलाई २–१ ले हरायो । मिडल्सबर्ग र वेष्ट ब्रोमले १–१ को बराबरी खेले ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५