जर्मनीमा आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण
एजेन्सी, १६ फागुन । जर्मनीमा गतवर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको हालै एक प्रतिवेदनले देखाएको छ ।
सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए । घाइते हुनेमा ४३ जना बालबालिका छन् ।
आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ ।
चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकलाई जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुवीकरण बढेको र यसले घृणाको अपराध बढाएको पनि बताइएको छ । यसले आतंककारी आक्रमणको खतरा बढेको विश्लेषण पनि गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३