अमेरिकामा मैक्मास्टर नयाँ राष्टिय सुरक्षा सल्लाकार नियुक्त
एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाइ नियुक्त गरेका छन् । अफगानिस्तान र इराकमा काम गरेका जेनरल मैक्मास्टर निकै सुझबुझ राख्ने, प्रष्ट र खरा कुरा गर्ने रणनीतिकारका रुपमा चिनिन्छन् । यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो ।
यसैबीच आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई ट्रम्प प्रशासनले जागिरबाट बर्खास्त गरेको छ । अमेरिकामा निर्माणमा आप्रवासीहरुको योगदान नबिर्सन आग्रह गर्दै गरिएको प्रदर्शनमा सहभागि भएको भन्दै उनीहरुलाई नोकरीबाट हटाइएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००