समुन्द्री तटमा नेपाली छात्राको शव भेटियो

भक्तपुर न्यूज

३ फागुन २०७३ ७:५७

समुन्द्री तटमा नेपाली छात्राको शव भेटियो

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । त्यस्तै एक युवक हराइरहेका छन् । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेपाली छात्राको पहिचान हुन सकेको छैन । कलेजका साथीहरुका अनुसार उनी नेपालकी हुन् । उनको परिवार अहिलेसम्म सम्पर्कमा नआएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।
उद्धार संस्थाका सदस्यले उनको शव आज बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए । प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ । पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युले भनेका छन्, त्यतिबेला उनीसँग एक युवा पनि सँगै थिए । दुवैसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ ।
हामीले अहिलेसम्म ती युवालाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए, इन्स्पेक्टर एन्थोनीले भने, हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।
इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् । हराइरहेका युवाको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ ।
समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला-ठूला सामुद्रिक छालका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको छ । खराव मौसमका कारण न्यु साउथ वेल्सको कूजी बीचबाहेक अन्य सबै बीच बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *