पूर्व विदेशमन्त्री स्टाइनमायर जर्मनीका नयाँ राष्ट्रपति
एजेन्सी, २ फागुन । जर्मनीको नयाँ राष्ट्रपतिमा फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित भएका छन् । १२६० सदस्यीय निर्वाचन मण्डलमा स्टाइनमायरले ९३१ मत ल्याएर निर्वाचित भएका हुन् । सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा लोकप्रिय राजनेताको रुपमा लिइन्छ ।
उनले यसअघि दुई पटक विदेशमन्त्री भएर काम गरिसकेका छन् । वर्तमान राष्ट्रपति यो आखिम गाउकको कार्यकाल आगामी मार्च १८ मा सकिँदै छ । ७७ वर्षीय राष्ट्रपति गाउकले पाँच वर्षे कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन अस्वीकार गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४