बंगलादेशमा बस दुर्घटना हुँदा ११ को मृत्यु
एजेन्सी, १ फागुन । बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबहाक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएका छन्। दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिएका हुन्।
स्थानीय समयानुसार बिहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिए। बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००