माधवनारायण ब्रत सम्पन्न

भक्तपुर न्यूज

२८ माघ २०७३ ७:११

माधवनारायण ब्रत सम्पन्न

भक्तपुर, २८ माघ । हरेक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको आज ब्रत सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिका स्थित हनुमानघाट त्रिबेणीमा माघ महिनाभर व्रत बसेर मनाईने प्रसिद्ध माधवनारायण मेलाको आज समापन भएको हो ।
माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिन देखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
ब्रतालुले औसीदेखि नै खालीखुट्टा पैदल नै टौमढी स्थित तीलमाधवबाट तलेजु भवानी सम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नानगरि ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नानगरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेव सम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ ।
नगरपालिकाले ढलको व्यबस्थापन नगर्दा यहाँब्रत बस्न चाहनेहरु पनि साँखुको शालीनदी मा व्रत बस्न जान थाले पछि यहाँ ब्रत बस्नेको संख्या घट्दै गएको माधवनारायण मेला व्यबस्थापन समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *