विश्वकपमा १६ वटा युरोपेली टिमले खेल्न पाउनु पर्ने माग
एजेन्सी, २८ माघ । युरोपेली फुटबलको उच्च निकाय युनियन अफ युरोपयिन फुटवल एसोसियशन युइएफएले सन् २०२६ मा हुने विश्वकपमा १६ वटा युरोपेली टोलीलाई समावेश गर्न फिफासँग आग्रह गर्ने भएको छ ।
त्यस्तै छनौट चरण पार गरेका टोलीलाई भिन्न भिन्न समूहमा पार्न समेत आग्रह गर्ने निर्णय युइएफएले गरेको छ । फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ वटाबाट बढाएर ४८ पु¥याएपछि युइएफएले १६ टोली युरोपेली देशबाट समावेश गर्नुपर्ने माग गरेको हो ।
युइएफएका अध्यक्ष अलेक्सान्दर केफरिनले विश्वकप छनौटमा ४८ टोली हुनेभएपछि युरोपेली देशका लागि १६ वटा स्थान माग्नु जायज भएको बताए ।
यसअघि सन् २०१४ को विश्वकपमा १३ वटा युरोपेली देश छनौट भएका थिए । गएको महिना फिफाले विश्वकप छनौट खेल्ने देशको संख्या ३२ बाट ४८ पु¥याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२