विश्वकपमा १६ वटा युरोपेली टिमले खेल्न पाउनु पर्ने माग

भक्तपुर न्यूज

२८ माघ २०७३ ५:०३

विश्वकपमा १६ वटा युरोपेली टिमले खेल्न पाउनु पर्ने माग

एजेन्सी, २८ माघ । युरोपेली फुटबलको उच्च निकाय युनियन अफ युरोपयिन फुटवल एसोसियशन युइएफएले सन् २०२६ मा हुने विश्वकपमा १६ वटा युरोपेली टोलीलाई समावेश गर्न फिफासँग आग्रह गर्ने भएको छ ।
त्यस्तै छनौट चरण पार गरेका टोलीलाई भिन्न भिन्न समूहमा पार्न समेत आग्रह गर्ने निर्णय युइएफएले गरेको छ । फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ वटाबाट बढाएर ४८ पु¥याएपछि युइएफएले १६ टोली युरोपेली देशबाट समावेश गर्नुपर्ने माग गरेको हो ।
युइएफएका अध्यक्ष अलेक्सान्दर केफरिनले विश्वकप छनौटमा ४८ टोली हुनेभएपछि युरोपेली देशका लागि १६ वटा स्थान माग्नु जायज भएको बताए ।
यसअघि सन् २०१४ को विश्वकपमा १३ वटा युरोपेली देश छनौट भएका थिए । गएको महिना फिफाले विश्वकप छनौट खेल्ने देशको संख्या ३२ बाट ४८ पु¥याउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *