फेसबुकका सीईओ मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रस्ताव

भक्तपुर न्यूज

२७ माघ २०७३ ६:०५

फेसबुकका सीईओ मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रस्ताव

एजेन्सी, २७ माघ । सामाजिक सञ्जाल फेसबुकका कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रयास भइरहेको छ । फेसबुकका लगानीकर्ताले कार्यकारी अधिकृत जुकरवर्गलाई पदबाट हटाउनका लागि एक प्रस्ताव ल्याएका छन् । जुकरवर्गलाई हटाउनका लागि ल्याइएको प्रस्तावका लगानीकर्ता एक अनलाइन कन्ज्युमर वाचडाग समअफ यूएसका समेत सदस्य हुन् ।
उनले एउटै व्यक्ति कार्यकारी अधिकृत र संस्थापक निर्देशक हुन उपयुक्त नहुने भएकाले त्यसले लगानीकर्ता पछि पछुताउनु पर्ने बनाउँदै यस्तो प्रस्ताव अघि सारेका हुन् । लगानीकर्ताको यस प्रस्तावले जुकरवर्गलाई असर छर्दैन् ।
हालै यि लगानीकर्ताले ल्याएको प्रस्तावले फेसबुकका कार्यकारी अधिकृत जुकरवर्गलाई केही असर नपर्ने समाचारमा जनाइएको छ । उनीसँग कम्पनीको सबै भन्दा बढी लगानी रहेको छ । उनले दोस्रो संस्थापक निर्देशकसँग मिलेर उक्त प्रस्ताव खारेज गर्न सक्ने समाचारमा उल्लेख छ ।
सन् २०१२ सालदेखि जुकरवर्ग फेसबुकको संस्थापक निर्देशकमा सामेल भएका थिए । उनी सामेल भएदेखि फेसबुकले लगातार राम्रो कमाइ गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *