ट्रम्पले रोजेका सेसन्स् महान्यायाधीवक्ता बन्ने निश्चित

भक्तपुर न्यूज

२७ माघ २०७३ ५:५३

ट्रम्पले रोजेका सेसन्स् महान्यायाधीवक्ता बन्ने निश्चित

एजेन्सी, २७ माघ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स् अमेरिकाको महान्यायाधीवक्ता बन्ने निश्चित भएको छ । सिनेटमा भएको मतदानमा सेसन्सको पक्षमा ५२ तथा विपक्षमा ४७ मत परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । लामो सुनुवाईपछि अमेरिकी सिनेटले महान्यायधिवक्ता लागि सेसन्सको मनोनयन अनुमोदन गरेको हो । आफ्नो मनोनयन अनुमोदनपछि सम्बोधन गर्दै सेसन्सले आफू सधैं कानुन कार्यन्वयन र शासनको पक्षमा रहेको बताए ।
सेसन्सले राष्ट्रपति ट्रम्पले सदैव कानुनी व्यवस्था र शासनलाई प्राथमिकता दिएर अमेरिकीलाई हिंसात्मक अपराधबाट जोगाउन पहल गरेकाले आफ्नो ऐक्यबद्धता रहने बताएको बीबीसीले जनाएको छ । रङ्गभेद सम्बन्धि आरोपका कारण ३० बर्ष अघि उनलाई संघिय न्यायधिशको पदमा अस्वीकृत गरिएको थियो । सेसन्सलाई अस्वेत अमेरिकीको बिपक्षीमा भएको आरोप लाग्दै आएको छ ।
सन् १९८६ मा अश्वेत समुदायको अधिकारका लागि गठित एउटा संस्थालाई अमेरिका विरोधी भनेपछि सेसन्स आलोचित भएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *