प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा पाकिस्तान भ्रमण

भक्तपुर न्यूज

१८ माघ २०७३ ९:४१

प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा पाकिस्तान भ्रमण

एजेन्सी, १८ माघ  । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बास तीन दिन भ्रमणको क्रममा पाकिस्तान आएका छन् । इस्लामाबादमा बनेको प्यालेस्टाइनको नयाँ राजदूतावास भवन उदघाटन गर्नको लागि उनी त्यहाँ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। ।
पाकिस्तानको राजधानीमा सोमबार आइपुगेका  राष्ट्रपति अब्बासको साथमा पाँच मन्त्रीसहित १७ सदस्यीय प्रतिनिधि मण्डल रहेका जनाइएको छ । पाकिस्तानका राष्ट्रपनि मम्नून हुसैनले प्यालेस्टाइनी राष्ट्रपतिलाई स्वागत गरेका  थिए ।
अब्बासको यो तेस्रो पाकिस्तान भ्रमण हो । यस अघि उनले २००५ र २०१३ मा पाकिास्तानको भ्रमण गरेका  थिए । प्यालेस्टाइनी राष्ट्रपतिको पाकिस्तानका प्रधानमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको पाकिस्तानी विदेश मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्यालेस्टाइनी राष्ट्रपतिका साथमा रहेका प्रतिनिधि मण्डलले पाकिस्तानी राष्ट्रपतिसँग भेटवार्ता गर्ने र दुई देशका नेताहरुबीच द्विपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *