मनाङ आहा रारा गोल्डकपको फाइनलमा
पोखरा, १३ माघ । मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई १–० गोल अन्तरमा हराउँदै मनाङले उपाधिका लागि आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको हो ।
मनाङलाई जिताउन विदेशी खेलाडी ओला वालेले निर्णायक गोल गरे । विक्रम लिम्बुले हानेका फ्रिकिमा विमल बस्नेतले दिएको पासलाई हेड गर्दै उनले गोल गरेका हुन । उनले हेड मार्फत खेलको ८५औं मिनेटमा गोल गरेका थिए ।
चार पटक उपाधि विजेता मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिबार खेल्ने छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ १४:१३