युएईमा पहिलो पटक नेपाली फेसन शो कार्यक्रम हुँदै

भक्तपुर न्यूज

१३ माघ २०७३ ११:१५

युएईमा पहिलो पटक नेपाली फेसन शो कार्यक्रम हुँदै

काठमाडौं, १३ माघ । युएईको दुवईमा पहिलो पटक नेपाली फेसन शो हुने भएको छ । रोयल आइल्यान्ड जनरल ट्रेडिङ युएईका सञ्चालक आकाश खतिवडाको अग्रसरतामा फेसन्ज फ्युजन नामको फेसन शो आयोजना गर्न लागिएको हो ।
फ्रेबुअरी १० तारिकमा दुवईको फोर पोइन्ट्स सेराटन होटलमा हुने कार्यक्रममा मृगतृष्णा फेसन हाउस नेपालकी सञ्चालक एवं डिजाइनर तृष्णा गुरुङले डिजाइन गरेका पहिरनमा यूएईमा कार्यरत मोडल र बालबालिकालाई र्‍याम्पमा देखाउन लागिएको हो । शो को कोरियोग्राफी सावित्रा खत्रीले गर्नु हुनेछ ।
अन्तर्राष्ट्रिय व्यापारिक शहर दुवईमा नेपाली भेषभुषाको प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको कार्यक्रम हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ हुने आयोजक समितिका सदस्य बालकृष्ण मरासिनीले जानकारी दिए । कार्यक्रममा गायक हेमन मोक्तानको पनि प्रस्तुती रहने छ । फेशन शो कार्यक्रममा पूर्व मिस नेपाल सुविन लिम्बू, नायिकाहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतको समेत उपस्थिति रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *