मनाङ सडक तीन साता बन्द हुने
लमजुङ, ११ माघ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक ताघ्रिङखण्ड तीन साता बन्द हुने भएको छ । मर्मत तथा स्तरोन्नतिका लागि बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा तीन साता बन्द गर्न लागिएको हो । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जनाईएको छ ।
यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन कार्यालयले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरिसकेको जनाएको छ । सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००