संविधान संशोधन प्रस्ताव पारित भए देश सिक्किमीकरण : बिजुक्छें

भक्तपुर न्यूज

१० माघ २०७३ १४:०८

संविधान संशोधन प्रस्ताव पारित भए देश सिक्किमीकरण : बिजुक्छें

भक्तपुर, १० माघ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संविधान संशोधन प्रस्ताव पारित भए देश सिक्किमीकरण हुने बताएका छन् ।
नेपाल मजदूर किसान पार्टीको ४३ औं स्थापना  दिवसको अवसरमा आज भक्तपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले संशोधन प्रस्ताव पारित भए अंगीकृत नागरिकले पनि मुलुकको प्रमुख पदमा पुगेर सत्ताका पुगे लगत्तै देशलाई भारतको जिम्मा लगाउने बताए ।
उनले भने, यस्तो खतरालाई आउन नदिन र देशलाई सिक्किमीकरण हुनबाट जोगाउन संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन् हुदैन ।
माओवादी केन्द्र भारतले बनाएको पार्टी भएकाले माओवादी सरकारमा हुँदा जहिलेपनि मुलुकको हितविपरित भारतसँग सम्झौता गरेर देशलाई नोक्सान पुर्याउने गरेको उनले आरोप लगाए ।
उनले सत्तामा जाने पार्टीहरु विदेशीको ईशारामा चल्ने गरेको आरोप लगाउँदै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र कसैले पनि जनताको पक्षमा काम गर्न नसकेको तर्क राखे  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *