आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौं, १० माघ । नेपाल आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वार्टरफाइनलमा झापा–११ लाई २–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक–एक गोल गरेका छन् । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा भएको थियो । नवयुगले खेलको ४६ औं र भरतले ७० औं मिनेटमा गोल गरका हुन् । आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापाले प्रिक्वार्टरफाइनलमा एएनए अमेरिकालाई हराएको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोलि संकटा क्लब र फारासगन्ज स्पोर्टिङ क्लब खेल्दैछन् । संकटाले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो भने फरासगन्जले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९