झापामा भएको आगलागीमा पाँच लाख बढीको क्षति
दमक, ९ माघ । झापाको दमक–१५ स्थित सुकुम्बासी टोलमा हिजो राति आगलागी हुँदा एक घर जलर पूर्ण रुपमा नष्ट भएको छ । राति १० बजे तिर सुमीत्रा कार्कीको घरमा आगलागी भएको हो । आगलागीबाट पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा, गरगहना तथा अन्नपात जलेको छ । आगलागीको कारण भने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्थानीयवासी र दमक नगरपालिकाको दमकलको आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३