सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नायिका नम्रता

भक्तपुर न्यूज

९ माघ २०७३ ७:००

सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नायिका नम्रता

काठमाडौं, ९ माघ । चलचित्र पर्वको सुटिङ सेटबाट फर्कँदै गर्दा हिजो राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।
बा १ झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आजको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् ।
चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिँदै जाँदा काम भ्याउनु पर्ने चटारो यसको निर्माण पक्षलाई छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *