केयु उपकुलपतिमा पुनः माकाजू नियुक्त
काठमाडौं, ७ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा रामकण्ठ माकाजूलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकाजूलाई नियुक्त गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार माकाजूलाई आज नै नियुक्ति पत्र दिइने छ । लामो समयदेखि रिक्त पदमा दुई साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित पाँचजनाको नाम सिफारिस गरेको थियो ।
चार वर्षको कार्यावधि समाप्त भएपछि गएको मंसिर २६ गतेपछि केयु उपकुलपतिविहीन थियो । शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले मकाजूसहित पाँच जनाको नाम सिफारिस गरेको थियो । चिकित्सक समेत रहेका माकाजुले धुलिखेल अस्पताललाई सुधार गर्न ठूलो भूमीका खेलेका थिए । तर पछिल्लो समय केयु मार्फत केही मेडिकल कलेजलाइ सम्बन्धन दिन खोजेको आरोप उनीमाथि लागेको थियो । सुरेशराज शर्माले केयुको उपकुलपति छाडेपछि डा माकाजूलाइ डाक्टर बाबुराम भट्टराई सरकारले उपकुलपति बनाएको थियो ।