चर्चित र्‍याप गायक अनिल अधिकारी झुण्डिएको अबस्थामा भेटिए

भक्तपुर न्यूज

२ माघ २०७३ २:०७

चर्चित र्‍याप गायक अनिल अधिकारी झुण्डिएको अबस्थामा भेटिए

लण्डन । नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ । हाल लण्डनमा रहेका अधिकारी स्थानीय समयअनुसार हिजो बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए ।
श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् । हाल उनको नेपालस्थित परिवारसाग सम्पर्क भइरहेको र उनको शवलाई नेपाल लैजाने वा नलैजाने भन्ने बिषयमा यकिन भइनसकेको उनीहरुले जानकारी दिए ।
२९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम खतरा निकाल्ने तयारी गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *