गाडीको इञ्जिनमा १५ किलो सुन

भक्तपुर न्यूज

१ माघ २०७३ ६:३६

गाडीको इञ्जिनमा १५ किलो सुन

काठमाडौं १, माघ ।  शनिबार राति रसुवाबाट आएको टाटा सुमोको इञ्जिनमा  १५ किलो सुन फिटिङ गरेको भेटिएपछि तस्करहरुको नयाँ शैली पर्दाफास भएको हो ।

चिनियाँ नाका रसुवाबाट टाटा सुमोको इञ्जिनमा फिट गरेर १५ किलो सुन काठमाडौं ल्याउने क्रममा आइतबार राति गाडीका चालक पक्राउ परेका छन् । रसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमोमा सुन रहेको सूचना पाएपछि कलंकीबाट पिछा गर्दै प्रहरीले शुक्रबार राति उक्त गाडीसहित चालकलाई समातेको हो ।

गाडीमा फल्स बटन बनाएर १५ किलो ल्याइएको बालाजु प्रहरीले जनाएको छ । गाडी चालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारीसम्म पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसैसाता ३४ किलो अवैध सुन बरामद भएको घटना सेलाउन नपाउँदै प्रहरीले बालाजुबाट १५ किलो सुन बरामद गरेको हो । यो घटनाले नेपालमा अझै पनि सुन तस्करी नरोकिएको स्पष्ट पारेको छ । शुक्रबार बरामद गरिएको १५ किलो सुनबारे प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *