चित्र हैन चरित्र पुजौं

भक्तपुर न्यूज

२४ पुष २०७३ ६:२७

चित्र हैन चरित्र पुजौं

संकेत कोइराला ।  एकदिन प्रचण्ड र बाबुराम भट्टराई कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्ने वित्तिक्कै बाबुरामलाई कुनै छनक नै नदिई प्रचण्ड हत्त न पत्त एउटा रुखमा उक्लिए छन् । र हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु भट्टराई छेउमै आइसकेछ । अक्कल र अनुभवले खारिएका भट्टराईलाई सुझेछ– ‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’ उनले त्यसै गरेछन् । भालु आएर तलदेखि माथिसम्म उनको शरीरका हरेक भाग सुँघेछ । सास पनि रोकेर सुतेका भट्टराईको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रुख चढेका प्रचण्ड तल ओर्लिएर भट्टराईलाई सोधेछन्– ‘भालुले तपाईंको कानमा के साउती ग¥यो कमरेड रु’ रिसले आगो भएका भट्टराईले जवाफ दिएछन्– ‘भालुले भविष्यमा त्यस्ता साथीहरुसंग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा आप्mनै साथीलाई बिर्सन्छन र आप्mनो मात्र स्वार्थ हेर्छन् ।’
नयाँ पार्टी जन्माउनुको बाध्यता सम्भवतः डा। बाबुराम भट्टराई यस्तै घटनाको बेलिविस्तार लाएर गर्छन होला । उमेर घर्किदै गएपछि आफ्ना पालाको अन्तरंगमा रमाउनु उत्तराद्र्धको दिनचर्या हो । नेपालमा कम्युनिष्ट आन्दोलनको वर्ष जति पुग्यो, सोही अनुपातमा कम्युनिष्ट पार्टीहरु फुट्दै जानुको रहस्य पनि यही हो । कुर्सीमा बसेकाले कुर्सी बाहिर रहे मध्ये जसलाई खतरा ठान्छ , उसलाई ‘गद्दार’ को क्याप्सुल ख्वाइदिएपछि त्यो बाटोमा सधैं आप्mनो मात्र गाडी गुडाउन पाइने आकांक्षाका कारण घात, प्रतिघात पुस्तौनी उपहार बन्दै आएको छ । नेपालमा मात्र किन रु कम्युनिष्ट नामभित्र छिरेका झुसिलकिराका कारण कम्युनिष्ट आन्दोलन विश्वमै मानमर्दनको श्रृंखला बन्दै आएको छ । वर्ग शत्रुका नाममा संसारमा लाखौं करोडौं मान्छे मारिएका छन् । अफगानिस्तानका कम्युनिष्टले सत्तामा जान राजा जाहिर शाहलाई हटाएर १५ लाख जनता मारे । ल्याटिन अमेरिकामा १ लाख मारिए । कम्बोडियामा १४ वर्षमा २० लाख मारिए । राजा नरोत्तम सिंहानुकलाई अपदस्त गरेपछि पोलपोटले नरसंहार आरम्भ गरे । पूर्वी युरोपका हंगेरी, पोल्याण्ड, अल्बानिया, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र रुमानिया जस्ता राष्ट्रमा कम्युनिष्टको विरोध गर्ने १० लाख मारिए । किम इल सुङको शासनकालमा उत्तर कोरियामा कम्युनिष्ट विरोधी २० लाख मारिए । चीनमा माओका पालामा लालसेनाले ६ करोड ५० लाखको सफाया गरे । सन् १९१७ को जनक्रान्तिपछि त्यहाँ करिव २ करोड मान्छे मारेर ७० वर्ष शासन चलाइयो । मांसहारी बृक्षमा फस्टाएको यो परिवर्तन पानीको फोकाभैंm भयो । नेपालको संसदमा झण्डै ७० प्रतिशत कम्युनिष्ट प्रतिनिधिको वर्चस्व छ । तर यहाँको क्रान्ति पनि कार्यकर्तालाई पुसको जाडोमा आइसक्रिम बेच्न पठाएर आपूm वातानुकूलित कोठामा क्रान्तिका गफ चुट्नु शिवाय केही भएन । पद नपाउन्जेलका क्रान्तिकारीहरु पद पाउनासाथ आज्ञाकारी हुने प्रवृत्तिले यहाँका कम्युनिष्टहरु रिमिक्स ¥याप गीतजस्ता भएका छन् । छिनेर पेन्सिलको टुप्पोजत्रो हुँदा पनि क्रान्ति र धम्कीको भाषा नछोड्ने रोगबाट कोही निरपेक्ष देखिदैनन् । केपी ओलीले प्रधानमन्त्री भएलगत्तै एक वर्षभित्र तुईन हटाउने फाइल सदर गरे । उही दर्शनबाट दीक्षित प्रचण्ड आए, उनले त झन् खोलै नभएको ठाउँमा पुल बनाउने खालका उडन्ते निर्णय गर्न थाले । मोबाइलमा फोर जी भित्र्याउने सरकार तुईनका विषयमा माथापच्ची गरेर बस्छ । एकपटक आफ्ना सन्तानलाई तुईनको एकदिने पाहुना बनाएर हेर त राजनीतिका हेडसरहरु १ जिन्दगीको मूल्य कति रहेछ रु थाहा पाउने छौ । ती साना बालबालिकाले दैनिक भोगेको सास्ती तिमीहरुप्रतिको श्राप हो । यस्ता विषयलाई राजनीति बनाउनु भनेको आमाको पवित्र दशधारा दूधसंग खेल्नुजस्तै हो । पहिला पो पाप धुरीबाट कराउँथ्यो । तर अहिले पाप वायुको गतिमा बग्छ । हरेक व्यक्तिको मन, मस्तिष्कमा सल्बलाउँछ । नेपालमा चिमोटेको पीडाले अमेरिकामा बस्ने मूर्छा पर्छ । त्यसैले कुर्सीलाई गैंडाको छालाजस्तो ढालतरबार बनाउनेहरुको ओरालो यात्रा सुनिश्चित छ ।
२०१५ सालमा अभूतपूर्व मत ल्याएपछि कांग्रेसजनमा उत्साह छायो । बीपी प्रधानमन्त्री हुने निश्चित भयो । तर बीपी पत्नी सुशीलाले आप्mना पतिलाई सम्झाउँदै भनिन्– ‘राजाको भित्री ईच्छा सुवर्णशम्शेरलाई प्रधानमन्त्री बनाउने छ । त्यसैले तपाईं यसपटक उहाँलाई छोडिदिनुस् ।’ बीपीले आग्रह नमानेपछि सुशीलाले आप्mनो निर्णय सुनाउँदै भनिन्– ‘तपाईंकी अर्धाङ्गिनी भएर जानुपर्ने औपचारिक कार्यक्रमबाहेक म अन्यत्र उपस्थित हुन सक्दिन् । प्रधानमन्त्रीको सरकारी निवासमा पनि मेरो बस्ने इच्छा छैन् ।’ पति प्रधानमन्त्री हुँदा पनि नखुलेकी सुशीलाले बीपी प्रधानमन्त्री रहुन्जेल सरकारी निवास टेकिनन् । आखिर सुशीलाको दूरदृष्टि सही प्रमाणित भयो । उनका पति सरकारमा पुगेको १६ महिनामै राजनीतिक ‘कू’ को शिकार भए । उनले शिफारिस गरेको व्यक्ति सुवर्णशम्शेर ‘कू’ को अघिल्लो दिन राजाको इशारामा भारत रवाना भए । थाहा छैन– एकमुठी खरानीका लागि घरमा आगो लगाउन पति उक्साउने बालुवाटारे लेडीफस्र्टहरुले सुशीला कोइरालाको यो महानतालाई किन आत्मसात् गर्न सक्दैनन् रु
गणतान्त्रिक नेपालको कार्यकारी निकाय प्रधानमन्त्री कार्यालयको कार्यप्रणालीबाटै स्पष्ट हुन्छ– सिंगो सिंहदरबार बोधार्थ निकाय बाहेक केही होइन । मुख्य सचिवका अतिरिक्त चारवटा सचिव छन् । सहसचिव, उपसचिव, शाखा अधिकृतको संख्या पनि मनग्य छ । त्यहाँ रहेका चारसय बढी कर्मचारीको एकमात्र काम प्रधानमन्त्रीलाई सहयोग गर्नु हो । तर बालुवाटारले सचिवालयका नाममा खडा गर्ने चण्डमुण्ड, हुक्के ढोके, नन्दी भृङ्गीका अगाडि यो शक्ति निरीह र अल्टर हुन्छ । प्रधानमन्त्रीको निजी सचिवालयका नाममा खडा हुने समानान्तर सरकार, जसको काम अघोषित रुपमा दलालीलाई संस्थागत गर्ने बाहेक केही भएको छैन् । राजनीतिक भागवण्डामा ‘सेटिङ’गर्ने कर्म यही मण्डलीबाट हुने गरेको विगत इतिहास अहिले पनि उही लिगमा दौडिएको छ । लोकसेवा लडेर आएका कर्मचारीलाई पार्टीको झण्डा भिराएर अदलबदल गर्नेदेखि रसातालसम्म पु¥याउने खेलकुद यही कथित शक्तिकेन्द्रबाट हुन्छ । बालुवाटारको नम्बर नदेखिने फोनबाट दर्जनौं प्रधानमन्त्री भएर फोन दबाउँछन् । थानकोट, कालिकोटदेखि पेटीकोटसम्मका काम मिलाउन दबाब दिन्छन् । सन्तान नभएका केपी ओलीलाई फास्टफुड कल्चरमा हुर्किएका रेडिमेड बा भन्नेहरुले त छोडेनन भने सन्तान हुनेको हविगत के होला रु पैसा भएको कन्तुरमा मुसाको खुट्टा प¥यो भने त उ अरु बेला भन्दा बढी उफ्रिने तागत राख्छ भने अहिलेका प्रधानमन्त्रीका छोरा अदीप्त प्रकाश भएपनि सत्ता र शक्तिबाट उनमा बढेको चमक सवैले अनुभव गरेकै छन् । त्यसो त एउटा अनौठो सुयोग मान्नुपर्छ– नेपाली राजनीतिका शीर्षस्थ नेताका सन्तानको नाम प्रकाश जुरेको छ । जेलका कुनामा सल्लाह गरेर यो नाम राखेको त पक्कै होइन होला । आफ्नो सेखपछि समाजमा सूर्यजस्तै ओजस्वी, तेजस्वी होउन भन्ने उनीहरुको सपनाले चाहिँ हावा खाएको छ । बिपीपुत्र प्रकाश, मनमोहनपुत्र प्रकाश, गणेशमानपुत्र प्रकाश, प्रचण्डपुत्र प्रकाश कुनै प्रकाशमा बाउको नाम धान्ने क्षमता देखिएन । कसैको दबाबमा गलत काम गर्नुभन्दा कार्यालय पुगेर दिउँसै निदाउने कृष्णप्रसाद भट्टराईको दैनिकी बरु अब्बल प्रमाणित भयो । कोही कसैप्रति पूर्वाग्रह हैन, आफ्नो सचिवालयको वजनतर्पm प्रधानमन्त्री सचेत नहुने हो भने सरकारको मर्यादा एउटा पेटी ठेकेदारबाट अर्को पेटी ठेकेदारको अदलीबदलीमा सीमित हुनेछ । प्रधानमन्त्रीको मर्यादा पनि देउराली अविर दलिएको रातो ढुंगाजस्तै औपचारिकताको शिर झुकाइमा सीमित हुनेछ । ढुंगाको अविर पानीले पखालेका दिन त औकात उही म्याउकै अवस्थामा झर्ने दिनको पर्खाइ हो । पुलिसले घेरा हालेर ठूलो भइने भए त अपराधीलाई पनि सेन्ट्री दिएर सयौं जेलहरुमा रातदिन पुलिसले रुँगेकै छ ।
सरकारका मन्त्रीहरुलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरुले बोलेको शब्द ब्रह्म वाक्य हो । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने ।’ तर हाम्रो परिवेशमा सरकारको आसन विलासिताको चरम विन्दु हो । जहाँ पुगेपछि कालिदासहरु रातारात चाणक्य हुन्छन् । मूर्खहरु सरस्वतीका वरद्पुत्र हुन्छन् । पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीब्र गतिमा भएका छन् ।
ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादल मात्र राम्रो हो नि । सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो रु हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमिलाई तँछाड मछाडको केन्द्र बनाइएको छ । सवैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्पm उन्मुख छौं । शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ ।
जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि । हाम्रो समाजमा एकथरि मान्छे छन, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरि मान्छे जो यति अतिवादी छन कि समाधानभित्र पनि समस्या खोजिदिन्छन । तेस्रोथरिको त रोगै विचित्रको छ , उनीहरु संसारका भएजति सवै दुख बटुल्छन अनि खोज्छन– सुख ।
जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन । तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपायः आपूmसंग जे छैन, त्यो विर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने रु प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे आप्mनै आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्दछ । मानिसले चित्रको हैन, चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपाईं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ । मान्नुस तपाईं आत्मज्ञानी हुनुभयो । मन्दिरमा त मोबाइलको मोहले छोड्दैन भने फेरि शान्तिको खोजी कसरी पूरा हुनसक्छ रु अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल हु“दैन । जिन्दगी लिकमा गुडेको रेल र सडकमा गुडेको गाडीजस्तो गुड्दैन । जसरी खोलाको पानीका लागि बाटो खनिएको हु“दैन, त्यसरी नै जिन्दगीको बाटो पनि अनिश्चित हुन्छ । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबाइदियो, त्यसमा त्यही रंग चढ्छ । मानिसले पन्छी जसरी आरामले उड्न सिक्यो । माछासरह पानीमा पौड्न जान्यो । तर मान्छे जसरी पृथ्वीमा रहन भने अभैm जानेन ।
जनआस्था साप्ताहिकमा प्रकाशित ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *