बहराइनमा ११ नेपाली कामदारको मृत्यु

भक्तपुर न्यूज

२० पुष २०७३ ७:२५

बहराइनमा ११ नेपाली कामदारको मृत्यु

बहराइन । सन् २०१६ मा बहराइनमा ११ जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना पुरुष र दुई जना महिला रहेका छन् । सन् २०१५ मा बहराइनमा १० जना नेपालीको मृत्यु भएको थियो ।
हृदयघात, मस्तिष्क पक्षघात तथा सडेन कार्डियक एरेस्ट (सुतेको सुतै भएर मृत्यु भएको) भएर मृत्यु हुनेको संख्या सबै भन्दा बढी छ । सुतेको सुतै भएर ६ जना, दुई महिलाले झुण्डिएर आत्महत्या गरेका तथा बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप, एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको मिर्गाैलामा आएको खराबीका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् । त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जा्सिङ थापाको मृत्यु भएको नेपाली दूतवासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *