संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म आन्दोलन : नेता खनाल

भक्तपुर न्यूज

१८ पुष २०७३ ९:१२

संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म आन्दोलन : नेता खनाल

भक्तपुर, १८ पुस । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन र सदन अवरोध जारी रहने बताएका छन् । जवरजस्ती संसदमा संविधान संशोधन विधेयक पेश गर्न खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी उनको छ । प्रेस चौतारी भक्तपुरले आज आयोजना गरेको पुस २२ गतेको प्रदर्शन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर गरेर मधेस पहाड अलग गर्ने एजेण्डा नेपालभित्रबाट नभई बाहृय निर्देशनमा भइरहेको दाबी समेत उनको छ । उनले विदेशीको एजेन्डा नेपालको संसदबाट पारित हुन नदिने ठोकुवा समेत गरे ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले राष्ट्रियताको सवालमा सबै पत्रकारहरु एकजुट हुनुपर्ने बताउँदै सबै सञ्चारकर्मीलाई आन्दोलनमा होमिन आग्रह गरे । नेपाली जनताको भावनामाथि कसैले खेलवाड गर्न नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *